Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एमसीसीमा निजी क्षेत्र : `समृद्धिका लागि तत्काल कार्यान्वयनमा लैजाउ´

एमसीसीमा निजी क्षेत्र : `समृद्धिका लागि तत्काल कार्यान्वयनमा लैजाउ´

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गरेर कार्यान्वयनमा लैजाने विषयमा विवाद भइरहेका बेला निजी क्षेत्रले भने तत्काल कार्यान्वयनमा लैजान पर्नेमा जोड दिएका छन् ।

निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले एमसीसीअन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ हुने तर्क गरेका छन् । उसो त यी तीन वटै संस्थाले यसअघि संयुक्त पत्र नै जारी गरी तत्काल एमसीसी पास गरेर कार्यान्वयनमा लैजान माग गरिसकेका थिए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विकासमा राजनीतिकरण गरेर पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप प्रभावित हुनु दिन नहुने बताए । यस्तै चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले एमसीसी विकासको परियोजनामा लक्षित अनुदान भएकाले यसलाई स्वीकार गर्दा कुनै घाटा नहुने बताए । पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप प्रभावित हुनु दिनु नहुने उनको तर्क छ ।

यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी पनि वर्षाैंसम्म एउटै परियोजनामा अल्झिने काम गर्न नहुने बताए । राजनीतिक कारणहरू अनेक भएपनि व्यावसायिक रूपबाट हेर्दा यसलाई अविलम्ब स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायिक लागत वृद्धि गरिरहेको छ । यो अवस्थामा अनुदानबाट आउने रकम उचित परिचालन गर्न सके मुलुकले थप आर्थिक लाभ लिन सक्ने निजी क्षेत्रको बुझाइको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x