इन्धनको मूल्यले नयाँ रेकर्ड बनायो
काठमाडौं, ८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले अर्थको अर्थलाई जानकारी दिए ।
नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्म्कै उच्च हो । यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो ।