Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

गरिमा विकास बैंक लिमिटेड र लाईफ स्टाईल ईन्टरनेशनलबिच ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

गरिमा विकास बैंक लिमिटेड र लाईफ स्टाईल ईन्टरनेशनलबिच ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

काठमाडौं, ८ फागुन । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्नुहुँदा तत्काल १५% छुट प्राप्त गर्न सक्नेछन् । यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन ।

हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x