Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थ वार्षिकमा पूँजीगत लाभकर करीब ५०% बढ्यो

अर्थ वार्षिकमा पूँजीगत लाभकर करीब ५०% बढ्यो

काठमाडौं, ८ फागुन । सरकारले माघ महीनामा धितोपत्र बजारबाट ८० करोड ५४ लाख रुपैयाँ भन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सिडिएससीका अनुसार पुस महीनाको तुलनामा माघमा पूँजीगत लाभकर ४९ दशमलव ८९ प्रतिशत बढी हो । पुस महीनामा ५३ करोड ७३ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो ।

धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताहरुले लाभकर वापतको उक्त रकम सरकारलाई बुझाएका हुन् । उक्त लाभकरमा अल्पकालीन लगानीकर्ताहरुको हिस्सा बढी रहेको छ । माघ महीनामा अल्पकालीन लगानीकर्ताहरुबाट ५५ करोड ९९ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीकर्ताहरुबाट २४ करोड ५४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ ।

माघ महीनामा १ खर्ब १७ अर्ब ८९ करोड बराबरको २३ करोड ४६ हजार २ सय ८९ कित्ता शेयर कारोबार भएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x