Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाली नोटमा हानी–नोक्सानी भए जेल सजाय हुने

नेपाली नोटमा हानी–नोक्सानी भए जेल सजाय हुने

काठमाडौं, ८ फागुन । सर्वसाधारणसाग भएको रकम (नोट) आफ्नै सम्पत्ति भएकाले सुरक्षा गर्ने जिम्वारी समेत आफ्नै हुन्छ । यदि कसैले मेरै सम्पत्ति त हो नि भनेर नोटको जतन गर्न नसके आर्थिक नोक्सानी भएकाले कानूनी सजायको समेत भागेदार हुनुपर्ने छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी–नोक्सानी पु¥याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।

नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि नोटको सुरक्षाका लागि भन्दै सफा नोट नीति नै बनाएर लागू गरेको छ ।

आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना, मैला नोटहरू फिर्ता लिएर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । जस अन्तर्गत बंैक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सुकिला भुक्तानी योग्य नेपाली नोटहरू मात्र ग्राहकहरूलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरू नेपाल राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्दछन् ।

निम्नानुसार नोटको जनत गर्नुपर्छ

१. नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ ।

२. नोटमा केरमेट नगरौँ ।

३. समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।

४. नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔँ ।

५. नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्य नगरौं ।

६. नोटको हिफाजत गर्ने कुरा आपूm पनि मनन् गरौं र अरुलाई पनि सिकाऔँ ।

७. नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौँ ।

८. पूजा गर्दा अथवा कुनै काम गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछोऔँ ।

९. टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगरौँ ।

१०. कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ ।

११. नोटलाई मठ–मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौँ । बरू दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x