Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बेरोजगारमा सूचीकृत हुन आवेदन खुला, यस्ता छन् सर्त

बेरोजगारमा सूचीकृत हुन आवेदन खुला, यस्ता छन् सर्त

काठमाण्डौं, ८ फागुन । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार एक सूचना जारी गर्दै आवेदन खुला गरेको जानकारी गराएको हो । सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९÷८० का लागि आवेदन दिन भनिएको छ ।

रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ। रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नुपर्नेछ। त्यस्ता आवेदकलाई कम्तीमा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।

आवेदन दिनका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x