Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

क्यासिनोले ८१ करोड राजस्व बुझाए, अझै १ अर्ब ११ करोड बाँकी

क्यासिनोले ८१ करोड राजस्व बुझाए, अझै १ अर्ब ११ करोड बाँकी

काठमाडौं,१० फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ।आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँमात्रै छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले अर्थको अर्थलाई जानकारी दिए ।

अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x