Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

२ वाणिज्य बैंक ८ महिनादेखि कामुको भरमा चल्दै, कुनमा कसको चर्चा ?

२ वाणिज्य बैंक ८ महिनादेखि कामुको भरमा चल्दै, कुनमा कसको चर्चा ?

काठमाडौं, १० फागुन । मुलुकमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये २ वटा बैंक विगत लामो समयदेखि कामु सिइओको भरमा छन् । अहिले कुमारी र सेञ्चुरी बैंक कामुको भरमा चलिरहेका छन् ।

सेञ्चुरी बैंकका तत्कालिन सिइओ अधिकृत तुलसी गौतमले राजीनामा गरेपछि गत असार ३० मा बैंकको सञ्चालक समिति बैठकले कामु सिइओको जिम्मेवारी मनोज न्यौपानेलाई दिइएको हो । कामुको भरमा चरलेको करिब ८ महिना पूरा हुन लागिसकेको छ । तर अहिलेसम्म बैंकले सिइओ खोज्न सकेको छैन । लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसक्दा राष्ट्र बैंकले पनि कुनै चासो देखाएको छैन ।

कुमारी बैंक पनि यस्तै अवस्थामा छ । कुमारी बैंकमा गत असार ३१ मा सिइओ सुरेन्द्र भण्डारी चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि साउन १ देखि कामुको जिम्मेवारी अनुजमणि तिमिल्सिनालाई दिइएको थियो । सिइओमा बढुवा हुने छाँटकाँट नदेखेपछि कामु सिइओ तिमिल्सिना पनि माघ २४ गतेदेखि जिम्मेवारीबाट बाहिरिएका छन् । अहिले रामचन्द्र खनाललाई कामुको जिम्मेवारी तोकिएको छ । यी दुबै बैंक विगत ८ महिनदेखि प्रमुख कार्यकारी बिहीन छन् । तर अहिलेसम्म राष्ट्र बैंकले कुनै चासो देखाएको छैन् ।

सेञ्चुरी बैंक संचालकहरु न्यौपानेलाई नै बढुवा गर्ने भन्दा बजारबाट नयाँ सिइओ खोज्ने पक्षमा छन् । त्यसकारण पनि ढिला भएको स्रोतले बताएको छ । यत्ता कुमारीले भने सन्राइज बैंकमा चार वर्षको नियुक्ती पत्र बुझेर १९ महिनामै बाहिरिएका जनक शर्मा पौडेललाई भित्र्याउन लागेको बुझिएको छ । शर्मा गत वर्षको माघ अन्तिम साता बैंकबाट बाहिरिएपछि घरमै विश्राम गरिहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x