Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कुमारी जब र फाउन्ड परियोजनाबीच सम्झौता

कुमारी जब र फाउन्ड परियोजनाबीच सम्झौता

काठमाडौं, १५ फागुन । अपांगता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यको साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच सम्झौता पत्रमा सहमति भएको छ ।

अपांगता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् ।

सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीज्युले भने, “शारिरिक अपांगता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिप्रेक्ष्यमा शारिरिक अपांगता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।”

उहाँँले थप भने, “नेपालमा रोजगारीको क्षेत्रमा योगदान पु¥याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको छ । यो सहमतिले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरु उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने विश्वास गर्दछौँ ।”

यो सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गर्नुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x