Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठविरुद्ध करिब साढे चार करोड बराबरको भ्रष्टाचार मुद्दा

पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठविरुद्ध करिब साढे चार करोड बराबरको भ्रष्टाचार मुद्दा

काठमाडौं, १५ फागुन । पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत खुलेको आयोगले जनाएको छ । उनले समीक्षा अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा प्रयोग भएको बढी रकम ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बराबरको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार श्रेष्ठ २०३६ कार्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई विभिन्न मितिमा पदोन्नति हुँदै २०६४ माघ ८ गते सचिव पदमा कार्यरत अवस्थामा अनिवार्य अवकाश पाएका थिए ।

उनले २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । आयोगले उनी सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७२ पुस ८ सम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको आम्दानी र खर्चको तुलना गरेको हो ।

आयोगका अनुसार श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको अचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात गरी ६८ लाख ५० हजार ९५३ रुपैयाँ ९४ पैसासमेत रोक्का राखी अगुग बिगो तीन करोड ७६ लाख ७६ हजार ७१३ रुपैयाँ चार पैसा र सोको कानुन बमोजिम हुन आउने व्याजसमेत आरोपितको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाइ रोक्का राख्न माग गरिएको छ ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिबाट बिगो असुल उपर गर्न आयोगले मागदाबी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x