नेप्सेमा गिरावट
काठमाडौं, १५ फागुन । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ७ दशमलब ७३ अंकले गिरावट आएको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २९ प्रतिशतले घटेर २ हजार ६ सय ५३ दशमलब ७ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार भएका कूल २ सय २४ कम्पनीको ४९ हजार ६ सय ७० कारोबारबाट ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रुपैयाँ बराबरका ७० लाख ४० हजार ५ सय ६३ कित्ता शेयर किनबेच भएका छन् ।
साताको पहिलो कारोबार दिन एमसीसी पास हुने अपेक्षामा जलविद्युत उपसमूहको परिसूचक बढेको छ । यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् ।
जसमध्ये जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ । एमसीसी पास हुने अपेक्षामा जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेका कारण यस उपसमूहको परिसूचक बढ्न पुगेको हो । यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा ७ जलविद्युत कम्पनी रहेका छन् ।