Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

त्यो कहालिलाग्दो महाभूकम्पको सम्झना

त्यो कहालिलाग्दो महाभूकम्पको सम्झना

काठमाडौं, १२ बैशाख । तीन वर्ष अगाडि आजैका दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी महाभूकम्प गएको थियो ।
त्यो भूकम्पले हजारौको जिवनलिला समाप्त पा¥यो भने लाखौको भौतिक क्षती पनि गरायो ।

भूकम्पमा परेर आफ्न्त गुमाउनेको पिडा त छदै छ । भौतिक क्षतिको पुनर्निर्माण समेत तीब्र रुपमा हुन नसक्दा कतिपय पिडितको आँखु अझै रोकिन सकेको छैन । १९९० साल पछिको ठूलो मानिएको त्यस भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित १४ सहित ३१ जिल्ला प्रभावित भएको थियो ।

सरकारी तथ्यांक अनुसार भूकम्पमा परी ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए भने २२ हजार ३०० घाइते भएका थिए । त्यस्तै चार लाख ९८ हजार ८ सय ५२ निजी आवास र २ हजार ६ सय ५६ सरकारी भवन पूर्णरुपले ध्वस्त हुनुका साथै ३ हजार ६ सय २२ सरकारी भवन आंशिक रुपमा क्षतिग्रस्त भएका थिए ।

त्यतीबेला भूकम्पबाट क्षति भएका पूर्वाधारको पुनर्निर्माण गर्न ६ खर्ब ६९ अर्बको बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार, ३ बर्षको यस अवधिमा १ लाख १९ हजार २ सय ३३ वटा घर पुननिर्माण भएका छन् भने बन्दै गरेको घरको संख्या ४ लाख ३० हजार ४ सय ३३ रहेको छ । यद्यपी निजी आवास मात्र हैन, सार्वजनिक भवन, सम्पदास्थल र अन्य संरचनाको पुननिर्माणले पनि गति लिन नसकेको प्रष्ट देखिन्छ ।

यी तीन वर्ष पिडितले कष्टपूर्ण दैनिकि चलाउनु प¥यो । अव भने यस्तो नियती नहोरियोस् भन्ने कामनामा छन अधिकांश पिडितहरु । जसको कारण पुनर्निर्माणको कार्यमा सरकार, प्राधिकरण र अन्य सरोकारवाला सबैले गम्भीर बन्न जरुरी छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x