Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टीपीएस खारेज गर्ने अमेरिकाको तयारी, ९ हजार नेपालीले अमेरिका छोड्नुपर्ने

टीपीएस खारेज गर्ने अमेरिकाको तयारी, ९ हजार नेपालीले अमेरिका छोड्नुपर्ने

काठमाडौं, १२ बैशाख । अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेका छन् । अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणका अनुसार ट्रम्प सरकारले २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि तत्कालिन बराक ओबामा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई दिएको टीपीएसलाई खारेज गर्ने तयारी गरेको छ ।

ट्रम्प सरकारले नेपालीलाई दिइएको टीपीएस खारेज गरे लगभग ९ हजार नेपालीले अमेरिका छोड्नु पर्ने हुन्छ । टीपीएस सुविधा लिने नेपालीहरुको संख्या पनि १५ हजार रहेपनि हाल मात्र ९ हजार जना अमेरिका भित्र रहेको देखिएको बताइएको छ । विभिन्न देशबाट वैध र अवैध तरिकाबाट अमेरिका पुगेका द्वन्द्वग्रस्त तथा प्राकृतिक प्रकोप लगायतका अन्य प्रकोपहरुबाट पीडित भएका नागरिकहरुलाई उक्त देश फिर्ता पठाउनबाट रोक्न अमेरिकी संसदले सन् १९९० मा सो प्रावधान बनाएको थियो। नेपालमा विनाशकारी भूकम्प गएपछि नेपालीहरुलाई पनि सो स्ट्याटस दिने घोषणा तत्कालिन सरकारले गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x