Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बनेपामा एनआइसी एसियाको शाखा रहित बैंकिङ्ग सेवा

बनेपामा एनआइसी एसियाको शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं, १२ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । सोहि क्रममा बैंकले पाचौं शाखा रहित बैंकिङ्ग सेवा वैशाख ११ गते बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्त कुमार तामाङलाई नियुक्त गरिएको जनाइएको छ । बैंकले हाल मुलुकभर १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x