निर्वाचनका लागि रक्षा मन्त्रालयले ४ अर्ब ६५ करोड बजेट माग
काठमाडौं, २३ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रक्षा मन्त्रालयले ४ अर्ब ६५ करोड रुपैयाँ माग गरेको छ। रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग चार अर्ब ६५ करोड माग गरेको जानकारी दिए ।
रक्षाले निर्वाचनका लागि चालु खर्चतर्फ २ अर्ब साढे ३४ करोड र पूँजीगतर्फ २ अर्ब साढे तीस करोड रुपैयाँ गरि ४ अर्ब ६५ करोड रकम अर्थ मन्त्रालयसँग माग गरेको हो ।
स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरिसकेको छ ।