Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

गरिमा विकास बैंकको लकर सुविधामा आकर्षक छुट

गरिमा विकास बैंकको लकर सुविधामा आकर्षक छुट

गरिमा विकास बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

यस बैंकका ग्राहकले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सूर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सक्नेछन् । बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गर्ने बैंकले बताएको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *