नबिल बैंकले ल्यायो नारी दिवसको अवसरमा “नबिल एफडी कार्ड” योजना
काठमाडौं, २४ फागुन ।नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । उक्त अवसरमा बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नभएका गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको बैकले जनाएको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गरिने छ साथैले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।
यस काडले मुद्दती निक्षेप खातावाल÷ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने सुबिधा प्रदान गरेको छ । यस योजना अन्तर्गत रु. दुई लाख प्रतिकार्ड सिमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशत सम्म कार्ड सिमा प्राप्त गर्न सकिने बैकले जनाएको छ ।
यो मुद्धती निक्षेप र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३% का दरले लोभलाग्दो ब्याज समेत आर्जन गर्न सकिने व्यबस्ता गरिएको नबिल बैंकले बेलाबखतमा नयाँ नयाँ योजना ग्राहक माज ल्याउने गरेको छ ।