Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आउँदैछ चलनचल्तीमा रु. १ दरको नयाँ सिक्का

आउँदैछ चलनचल्तीमा रु. १ दरको नयाँ सिक्का

काठमाण्डौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले भोलि फागुन २५ गतेदेखि १ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो।

यस्ता छन् विशेषताहरु

क. सिक्काको अग्र भागमा

सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको।
६४ थोप्लाहरुको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ।
सिक्काको माथिल्लो भागमा अंग्रेजीमा च्भ. इलभ र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको ।
नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको दजव।
ख. सिक्काको पृष्ठ भागमा

सिक्काको वृत्ताकार घेराभित्र ६४ वटा थोप्लाहरु रहेको ।
८ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र सो आकृतिको मुनि अंग्रेजीमा SAGARMATHA NEPALलेखिएको ।
सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x