अमेरिकी डलरको भाउ ऐतिहासिक उच्च विन्दुमा
काठमाडौं, २४ फागुन । अमेरिकी डलरको भाउले ऐतिहासिक उच्च विन्दु कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार डलरको बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै खरिददर १२२ रुपैयाँ ८४ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
डलर महँगो हुनुको अर्थ नेपाली रुपैयाँ कमजोर हुनु हो । नेपालको निर्यात भन्दा आयात बढी हुने भएकाले डलर महँगो हुँदा नेपालको अर्थतन्त्रलाई समस्या पर्ने गर्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढ्दा फाइदा हुन्छ । पर्यटनबाट हुने आम्दानी पनि बढ्छ । तर अहिले पर्यटक आगमन निकै घटेको छ ।