Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दोस्रो बजारका प्रतिस्पर्धी कृषि र नेपाल बैंक

दोस्रो बजारका प्रतिस्पर्धी कृषि र नेपाल बैंक

काठमाडौं, २४ फागुन । नेपाल सरकारको बहुमत स्वामित्व रहेको कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड दोस्रो बजारमा अब्बल मानिन्छन् । सोही कारण पनि सेयर लगानीकर्ताको चासोमा यी दुई हुने गरेका छन् । दुवै बैंकले लाभांश पनि प्रत्येक वर्ष राम्रो दिने गरेका छन् ।
कृषि विकास बैंक

कृषि विकास बैंकले सेयरधनीहरू मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिइसकेको छ। यो चार वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको हो । बैंकको उत्कृष्ट वित्तीय विवरणका कारण लामो समयदेखि बैंकको सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिँदै आएको छ ।

प्रायः बुलमा खासै नचम्किने कृषि विकास बैंक तुलनात्मक रुपमा अन्य वाणिज्य बैंकहरू भन्दा राम्रो पोजिसनमा छ । बजारमा तीव्र उतारचढाव हुँदा पनि बैंकको सेयरमा भने खासै उतारचढाव छैन। कृषि विकास बैंकको चुक्ता पुँजी १९ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यस्तै रिर्जभ कोषमा १४ अर्ब ६ करोड रुपैयाँ रहेको छ। बैंकको १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १६.३ रुपैयाँ रहेको छ । खराव कर्जा २.०८ रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य ३८५ रुपैयाँ रहेको छ। प्रतिकित्ता ४.१० प्रतिकित्ता मूल्य बढेको थियो ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई १७ प्रतिशत लाभांश दिएको छ। सेयरधनीहरूलाई १४ प्रतिशत सेयर र ३ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीको चुक्ता पुँजी १४ अर्ब ४० करोड रहेको छ । रिजर्भमा १९ अर्ब ८९ करोड रहेको छ । ६ महिनामा नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । खराव कर्जा १.९१ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ २३८.११ रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १९.६६ रुपैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो ५२ हप्तामा बैंकको सेयर मूल्य अधिकतम ५७५ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम ३१७ रुपैयाँ रहेको थियो । बजार पुँजीकरण ४८ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x