Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर मात्रा जलविद्युत समूहमा बढ्दै

शेयर मात्रा जलविद्युत समूहमा बढ्दै

काठमाडौं, २५ फागुन । पछिल्लो समय शेयर बजारमा जलविद्युत समूहको हिस्सा बढ्दो अवस्थामा छ ।

केही अघिसम्म बजार हिस्सामा वाणिज्य बैंक अग्रस्थानमा रहेकोमा विस्तारै वाणिज्य बैंकको सेयर हिस्सा घट्दै जाँदा बीमा, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर बढ्न थालेको हो ।

तीन वर्षअघि जलविद्युत समूहको बजार हिस्सा ६ दशमलव ३ प्रतिशत रहेकोमा हाल पुस मध्यसम्म आइपुग्दा १० दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने कुल पुँजीकरण चार गुणाले बढेर छ । यसअघि कुल पुँजीकरण एक खर्ब बढी रहेकोमा हाल ४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

तीन वर्षअघि वाणिज्य बैंकको शेयर बजारमा ५१ दशमलव ७ प्रतिशतले ओगटेको थियो भने पछिल्लो तीन वर्षमा ३५ प्रतिशतमा आइपुगेको छ । बजार हिस्सा घटेपनि कुल पुँजीकरण भने बढेको छ । अघिल्लो तीन वर्षमा बैंकको कुल पुँजीकरण ८ खर्ब ३३ अर्ब रहेकोमा हाल पछिल्लो समय १४ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बीमा कम्पनीहरूको पनि अघिल्लो वर्षको तुलनामा सेयर हिस्सा बढेको छ । अघिल्ला तीन वर्षमा बीमा कम्पनीहरूको शेयर १३ दशमलव ३ प्रतिशत रहेकोमा हाल पुससम्म आइपुग्दा कम्पनीहरूको शेयर १५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको कूल पुँजीकरणमा पनि वृद्धि भएको छ । कम्पनीको अघिल्लो तीन वर्षमा कूल पुँजीकरण दुई खर्ब १३ अर्ब रहेकोमा हाल पुससम्म बढेर ६ खर्ब पाँच अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै आफ्नो शेयर अवस्था तीब्रगतिमा बढाउँदै लगेको जलविद्युत प्राथमिक सेयर निष्कासनमा पनि जलविद्युत कम्पनीहरूकै बर्चस्व रहेको छ । हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका शेयर निष्कासित कम्पनीहरूमा जलविद्युत समूहका मात्र २० वटा कम्पनीका कूल ५ अर्ब ८ करोड मूल्य बराबरको ५ करोड ८ लाख कित्ता पाइपलाइनमा रहेका छन् ।

धितोपत्र बोर्डको प्रारम्भिक समीक्षा अन्तर्गत दशवटा हाइड्रो पावर कम्पनीहरूले शेयर निष्कासनका लागि स्वीकृति मागेका छन् । प्रारम्भिक समीक्षा अन्तर्गत कूल दुई अर्ब ४० करोड १७ लाख बराबरको दुई करोड ४० लाख १७ हजार कित्ता सेयर निष्कासन हुन लागेको हो ।

त्यस्तै, बोर्डले प्रारम्भिक अध्ययन र समीक्षा अन्तर्गतमा पनि कम्पनी रहेका छन् । जसमा बोर्डले कम्पनीहरूको पहिलो चरणको अध्ययन गरी कम्पनीहरूलाई आवश्यक विवरण पेश गर्न भनिएको छ। त्यसअन्तर्गत मन्दाकिनी हाइड्रो पावर कम्पनीको पनि १७ करोड ६४ लाख बराबरको १७ लाख ६४ हजार कित्ता शेयर निष्कासनमा आउन लागेको हो ।

जवाफ र समीक्षाअन्तर्गत कम्पनीहरूमा आठवटा जलविद्युत कम्पनी रहेका छन्। जसमा कूल दुई अर्ब ५० करोड ५९ लाख मूल्य बराबरको दुई करोड ५० लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेको छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x