Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनले नाघ्यो १ लाख रुपैयाँ

सुनले नाघ्यो १ लाख रुपैयाँ

काठमाडौं, २५ फागुन । सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बनेको छ। बुधबार सुन तोलामा १ लााख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार कारोबार भइरहेको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रूपैयाँमा सुनको उच्च कारोबार भएको थियो ।

आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार भने स्थिर देखिएको थियो। मंगलबार सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ थियो। सोमबार पनि सुन १ लाख ३ हजार रुपैयाँमै कारोबार भएको थियो ।

रुस–युक्रेन युद्धका कारण सुनको मूल्य बढिरहेको छ। पछिल्लो केही दिनयता लगातार बढेको सुनको मूल्य मंगलबार भने रोकिएको हो । तथापी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने संकेत देखिएकाले नेपाली बजारमा समेत त्यसको प्रभाव पर्ने व्यवसायीहरुले बताएका छन् ।

चाँदिको मूल्य पनि बुधबार बढेको छ । मंगलबार १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x