Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आगामी वर्षका लागि १८ खर्बको बजेट बन्ने

आगामी वर्षका लागि १८ खर्बको बजेट बन्ने

काठमाडौं, २५ फागुन । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटको तयारीमा जुटेको छ । राष्ट्रिय योजना आयोगबाट करिब १८ खर्बको सिलिङ पाएपछि मन्त्रालय आगामी बजेटको छलफलमा जुटेकाे मन्त्रालयका प्रवक्ता ढुण्डि प्रसाद निरौलाले जानकारी दिए ।

चालू आर्थिक वर्षकै बजेटको कार्यान्वयन गर्न नसकेको र स्रोतको समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष १७ खर्ब ४४ अर्ब रुपैयाँको बजेट बनाउन सीमा निर्धारण गरिदिएको छ ।

आयोगले निर्धारण गरेको आकार चालू आर्थिक वर्षको बजेटको संशोधित लक्ष्य भन्दा करिब १३ प्रतिशत बढी हो ।

बजेटलाई ठूलो आकारको बनाउन राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको आँकडामा भारी वृद्धि गर्नुपर्नेछ । अर्थतन्त्रको पछिल्ला सूचकहरु हेर्दा बजेटको आकार वास्तविकताभन्दा धेरै पर देखिन्छ ।

राजस्व संकलनबाहेक अर्थतन्त्रका अन्य सबै सूचकहरु निराशाजनक देखिएको अवस्थामा सरकार भने ठूलो आकारको बजेट निर्माणमा जुटेको छ। चालू आर्थिक वर्षको बजेटकै स्रोत सुश्चित गरिएको वैदेशिक अनुदान र ऋण दुबै लक्ष्य अनुसार लिन सकिएको छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x