Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

काठमाडौं, २५ फागुन । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x