Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साताको अन्तिम कारोबार दिन ५२.२१ अंकले बढ्यो शेयर बजार

साताको अन्तिम कारोबार दिन ५२.२१ अंकले बढ्यो शेयर बजार

काठमाडौं, २६ फागुन । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार ५२.२१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.०८ प्रतिशतले बढेर २५६६.७९ अंकमा पुगेको छ ।

बिहीवार २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन अन्य समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । शेयरमूल्य सबैभन्दा धेरै बढ्नेमा वित्त समूह रहेको छ, जससको उपसूचक ५.०६ प्रतिशतले बढेको छ ।

यस्तै कम्पनीका आधारमा सबैभन्दा धेरै शेयरमूल्य बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ, जसको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सर्वाधिक शेयरमूल्य गुमाउने कम्पनी भने माउन्टेन इनर्जी लिमिटेडको ५.२९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा अपि पावर कम्पनी १३ करोड १७ लाख रुपैयाँसहित अग्रस्थानमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x