Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

आफ्नो क्षेत्रमा मालपोत कार्यालय खोल्न अर्थमन्त्रीको मनोमानी

आफ्नो क्षेत्रमा मालपोत कार्यालय खोल्न अर्थमन्त्रीको मनोमानी

काठमाडौं, २६ फागुन । अर्थ मन्त्री जर्नादन शर्माले आफ्नै क्षेत्रमा माालपोत कार्यालय स्थापनाका लागि प्रकृया अगाडी बढाएका छन् ।

अर्थ मन्त्रालयले हिजो बुधबार निर्णय गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा समेत नयाँ कार्यालय स्थापना गर्ने गरि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने भनिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले फागुन २५ गते हिजो बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माग नगरेको स्थानमा समेत कार्यालय स्थापना गर्ने गरी नयाँ कार्यालय खोल्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न अनुमति दिएका छन् ।

अर्थ मन्त्री शर्माको मनोमानीका कारण सो क्षेत्रमा मालपोत कार्यालय स्थानपना गर्न पत्र काटिएको छ । वास्तवमा भन्ने हो भने, मन्त्रालयले तयार पारेको कार्य सञ्चालन निर्देशिका अनुसार आर्थिक दायित्व सिर्जना हुने कुनै पनि काम गर्न अर्थ मन्त्रालयबाट स्विकृति लिनु पर्छ ।

जस अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा महोत्तरीको गौशला, बाँकेको कोहलपुर र डडेलधुराको जागेबुढामा मालपोत तथा नापी कार्यालय स्थापना गर्नु पर्ने देखिएको थियो ।

अर्थमन्त्री शर्मा रुकुम पश्चिमबाट प्रतिनिधी सभामा विजयी भएका हुन् । आफ्नो निर्वाचन क्षेत्र लक्षित गर्दै आवश्यक नरहेको स्थानमा मालपोत तथा नापी कार्यालय खोल्न लगाएको भन्दै विभिन्न व्यक्तिले विरोध जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *