इन्जिनियर थानी भए आयल निगमको कार्यकारी निर्देशक
काठमाडौं, २६ फागुन । सरकारले इन्जिनियर उमेशप्रसाद थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्ले थानीलाई निगमको एमडीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको एमडीका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । फागुन १२ गतेबाट आयल निगम एमडी छनोट समितिले आवेदकको अन्तरर्वाता शुरु गरेको हो ।
थानी राजनीतिक रुपमा कांग्रेसमा आस्था राख्ने व्यक्ति ईन्जिनियर हुन् । उनी काँग्रेस इन्जिनियरहरूको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् । साथै उनी काँग्रेसीहरूको समर्थनमा नेपाल इन्जिनियर एशोसियन अफ नेपालका महासचिव पनि भइसकेका छन् ।
पुल्चोक क्यामपसबाट इन्जिनियरिङ गरेका थानी नेविसंघको सभाापति पनि भइसकेका व्यक्ति छन् । साथै राजनीतिक नियुक्तबाट उनी विद्युत प्राधिकरण र सडक बोर्डमा सञ्चालक सदस्य पनि बनेका छन् ।
प्रधानमन्त्री पत्नी आरजु देउवाको ठाडो निर्देशनमा नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) चयन भएको नाम नबताउने सर्तमा प्रधानमन्त्री निगक स्रोत बताउँछ । आरजुले आफू निकट ईन्जिनियर उमेशप्रसादलाई निगमको एमडीमा नियुक्त गरेकी हुन् ।
अधिकांश घाटामा जाने अर्थात सरकारी अनुदानबाट चल्दै आएको आयल निगमका लागि सक्षम व्यक्तिको चयन भन्दा पनि बालुवाटारमा बढी भेटी चढाउनेलाई अवसर दिने परम्परालाई देउवा सरकारले प्राथमिकतामा अझ बढी देखिएको छ ।
समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलको सिफारिसमा आरजुले थानीलाई एमडी बनाएकी हुन् । निर्माण व्यवसायी खरेल आरजुका निकट व्यक्ति हुन् । थानीलाई निगमको एमडीमा नियुक्त गर्नका लागि आवश्यक चाजोपाँजो मिलाउने काम खरेलले लिएका हुन् ।
नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरुको राजनीतिमा सक्रिय थानी मिल्ने साथी हुन् । इन्जिनियर थानीका सहकर्मीहरु भौतिक पूर्वाधार, सहरी विकासलगायत विकासे मन्त्रालयका उच्च पदमा आसिन छन् ।
कर्मचारी साथीहरुबाट प्राप्त सूचनाका आधारमा थानीले खरेललाई विभिन्न ठेक्का हात पार्न सहयोगी भूमिका निर्वाह गर्दै आइरहेका छन् । खरेल आफ्ना हितैषी आयल निमगको एमडीमा नियुक्त गरेर थानीको गुन तिर्न सफल भएको बजारमा चर्चा छ ।