Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल आउने पर्यटकसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

नेपाल आउने पर्यटकसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं, २७ फागुन । अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो । अब हवाई तथा स्थलमार्गबाट यात्रु निर्वाध नेपाल आउन पाउने छन् ।

नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले पछिल्लो ७२ घण्टाभित्रको कोरोना परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश गर्न पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x