Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

विदेश मुद्राको सञ्चिती घटिरहेका बेला, सुपारी, मरिच र केराउको आयात खुला !

विदेश मुद्राको सञ्चिती घटिरहेका बेला,       सुपारी, मरिच र केराउको आयात खुला !

काठमाडौं, २७ फागुन । मुलुकमा विदेश मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले सुपारी, मरिच र केराउको आयात खुला गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारको राजपत्रमा सूचना जारी गर्दै यी वस्तु उद्योगले आफैं आयात गर्न सक्ने गरी खुला गरिएको जनाएको छ।

तेस्रो मुलुकहरु (थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया लगायत)बाट आयात हुने सुपारी, मरिच र केराउको प्रयोग नेपालमा कम मात्रै हुने गरेको छ। लामो समयदेखि व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर सुपारी, मरिच र केराउ भारततर्फ तस्करी गर्ने गरेका थिए।

तस्करीको क्रम बढेपछि सरकारले २०७६ चैतमा यी वस्तुको आयात नै बन्द गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *