जनता बैंकको मुनाफा ५० प्रतिशतले बढ्यो

काठमाडौं, १३ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार जनता बैंक नेपाल लिमिटेडको खुद मुनाफा आर्जन ५७ करोड ५७ लाख रुपैयाँ गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५०.७५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ५४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन ५१ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै सोहि अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद व्याज आम्दामी गरेको छ । बैंकले खुद व्याज आम्दामीमा गरेको उल्लेख्य सुधारको कारण खुद मुनाफा आर्जनमा प्रगति गरेको हो । यस्तै बैंकको संचालन मुनाफा ६८ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

बैंकको हाल चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । यस्तै बैंकको प्रति शेयर आम्दामी ९.५९ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११७.१३ रुपैयाँ र मुल्य आम्दामी अनुपात १७.०९ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *