Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

मंगलम वायरसेफ नेपाली बजारमा

मंगलम वायरसेफ नेपाली बजारमा

काठमाडौँ, २८ फागुन । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि ले सातौँ नेपाल बिल्डकन एक्स्पोमा “मंगलम वायरसेफ” लन्च गरेको छ । शहरी विकास मन्त्री माननीय राम कुमारी झाँक्रीले अनावरण गरेकी हुन् । आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो र यसमा मंगलमको सहभागिता रहेको छ ।

वायरसेफ विद्युतीय कन्ड्युट पाइप घर धनीहरुका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ । एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरुबाट बचाउँदैन ।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, जुन अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै वायरसेफको उपलब्धता सँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने विश्वास व्यक्त गरे ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू आइएसओ प्रमाणित छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x