Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

बैंक तथा वित्तिय संस्थामा ४ करोडभन्दा बढी डिपोजिट खाता

बैंक तथा वित्तिय संस्थामा ४ करोडभन्दा बढी डिपोजिट खाता

काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तिय संस्थामा डिपोजिट अकाउन्टको संख्या ४ करोड १७ लाख ४२ हजार ९ सय ७९ पुगेको छ । सबै बैंक तथा वित्तीय संस्थामा माघसम्म उक्त संख्यामा अकाउन्ट रहेको छ ।

एकै व्यक्तिले धेरै संस्थामा अकाउन्ट रहेकाले गर्दा सङ्ख्या बढी देखिएको हो । जबकी नेपालको कुल जनसंख्या नै २ कराेड ९१ लाख रहेको छ । लोन अकाउन्टको संख्या १८ लाख ७ हजार ७ सय ५२ रहेको छ ।

यस्तै माघसम्म एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । सबैभन्दा बढी वाणिज्य बैंकमा एक करोड ४५ लाख ६१ हजार ६ सय ७१ जनाले मोबाइल बैंकिङ लिएका छन् । यस्तै विकास बैंकमा १८ लाख ३४ हजार एक सय ७५ र वित्त कम्पनीका मोबाइल बैंकिङ प्रयोगकर्ता ८० हजार ५ सय ५३ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x