Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थानीय तह निर्वाचन खर्चका लागि सीमा निर्धारण, कस्ले कति खर्च गर्न पाउछन् ?

स्थानीय तह निर्वाचन खर्चका लागि सीमा निर्धारण, कस्ले कति खर्च गर्न पाउछन् ?

काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई खर्चको सीमा तोकेको छ। आयोगका अनुसार महानगरको प्रमुख वा उपप्रमुखका प्रत्याशीले बढीमा सात लाख ५० हजार खर्च गर्न पाउने उल्लेख छ।

त्यस्तै उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा पाँच लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा चार लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ। गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले हकमा भने बढीमा तीन लाख ५० हजार, महानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा तीन लाख र उपमहानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा दुई लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

नगरपालिकाको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा २ लाख र गाउँपालिकाको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ।
जिल्ला समन्वय समितितर्फ उम्मेदवारको खर्चको सीमा भने आयोगले घटाएको छ। अब जिसस प्रमुखको उम्मेदवारले ५० हजारसम्म र सदस्यको उम्मेदवारले २५ हजारसम्म खर्च गर्न पाउनेछन्। यसअघि २०७४ सालमा भएको संसदीय चुनावमा उम्मेदवारलाई अधिकतम २५ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x