Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुई वर्षदेखि रोकिएको कोरियन भाषा परीक्षा हुने

दुई वर्षदेखि रोकिएको कोरियन भाषा परीक्षा हुने

काठमाडौं, ३० फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट अनुमानित ९ हजार ६ सय ५४ नेपाली रोजगारीका लागि लैजाने भएको छ । तीमध्ये ६ हजार ९ सय १३ उत्पादनमूलक र २ हजार ७ सय ४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ ।

भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सकिनेछ । आवेदन फारम भउकलभउब।िनयख।लउ मार्फत भर्न सकिनेछ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क २४ अमेरिकी डलर लाग्नेछ ।

आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण पहिलो चरणमा आगामी वैशाख २६ देखि जेठ १३ सम्म र दोस्रो चरणमा आगामी जेठ २४ देखि असार १६ गतेसम्म हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा पहिलो चरण आगामी असार २० देखि भदौ १० सम्म र दोस्रो चरणआगामी भदौ १६ देखि असोज २१ गतेसम्म हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x