Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुन र चाँदीको कारोबार मूल्य घट्यो

सुन र चाँदीको कारोबार मूल्य घट्यो

काठमाडौं, ३० फागुन । फागुन महिनाको अन्तिम कारोबार दिन अर्थात यो साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

छापावाला सुनमा प्रतितोला ५ सय र चाँदीमा प्रति तोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको हो ।

आइतबार छापावाला सुनको बजार मूल्य प्रति तोला १ लाख २ हजार ८ सय थियो भने सोमबार प्रति तोला १ लाख २ हजार ३ सय र चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँ बाट घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजानिक गरेको विवरणमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x