Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

०.१५ अंकले बढ्यो शेयर बजार, १ अर्ब बढीको कारोबार

०.१५ अंकले  बढ्यो शेयर बजार, १ अर्ब बढीको कारोबार

काठमाडौं, ३० फागुन । यस महिनाको अन्तिम कारोबार दिन अर्थात साताको दोस्रो दिन सोमबार शेयर बजार ०.१५ अंकले बढेको छ । यस दिन नेप्से ०.०१ प्रतिशतले बढेर २६६८.११ अंकमा पुगेको हो ।

आइतबार २२० कम्पनीको २३ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घटेर ५०९.८५ अंकमा पुगेको छ , यो अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिसतले कम हो ।

१३ समूहका कम्पनीको उपसूचकमध्ये ७ कम्पनीको कारोबार घटेको छ भने ६ कम्पनीको कारोबारमा वृद्वि भएको छ । यस दिन जिवन बीमा समूहको उपसूचक सर्वाधिक १५३.५७ अंकले बढेर १४३६७.११ अंकमा आइपुगेको छ । यस्तै ट्रेडिङ्ग समूहको भने उपसूचक ८५.७२ अंकले घटेर २६२२.७६ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x