Shangrila

बैंक अफ काठमाण्डू र हेफर नेपाल बीच सहकार्य


काठमाडौं, २ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ ।


उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहनुभएका महानुभावहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको बताइएको छ ।


उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप श्री दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतो ले हस्ताक्षर गरेका छन । बैंकले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकले बताएको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *