एनएमबि बैंकको भिडीयो अकाउन्ट ओपनिङ्ग
काठमाडौं , २ चैत । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक रहेको बैंकले बताएको छ ।
ग्राहकहरूले नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न भि सी सी डट एन एम बी डट कम डट एन पी लिङ्क प्रयोग गर्न सकिन्छ । सो सेवा बैंकसम्म नआईकनै बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सकिने बताइएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बताएको छ । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरेको बैंकले बताएको हो ।