फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको भने यथावत
काठमाडौं, ३ चैत । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १ सय ५५ रुपैयाँ पुर्याएको छ ।
डिजेल/मट्टीतेलको प्रतिलिटर ५ रुपैयाँ मूल्य वृद्धि भएर १ सय ३८ रुपैयाँ पुर्याएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । निगमले प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ घाटा ग्यास विक्री गरिरहेको निगमले बताएको छ ।
हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १५ रुपैयाँ बढेर १ सय ५१ रुपैयाँ नयाँ मूल्य तोकिएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ अमेरिकी डलर पुगेको छ ।