Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

हस्तकला महासंघको नयाँ कार्यसमिति चयन हुँदै

हस्तकला महासंघको नयाँ कार्यसमिति चयन हुँदै

काठमाडौं ४ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि आफूले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन् ।

गत १ मंसीरदेखि सिंचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अब त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउन आफू लागि परेको दाबी गरिन् ।

आज शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले नेपालमा उत्पादन हुने वस्तुहरु आयात नगर्न पनि व्यवसायीसँग आग्रह गरिन् । नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने उनको भनाइ थियो ।

उद्योगीहरुले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने खालको वस्तुहरुको उत्पादन र बिक्री वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने बताइन् ।

‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं । राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने व्यवसाय गरौं । हाम्रो देशभित्र उत्पादन हुने वस्तु चाहिं आयात नगरौं,’ उनले भनिन्, ‘अहिले साढे २ खर्बको वार्षिक रुपमा खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ । त्यसलाई रोक्नका लागि कृषिमा आत्मनिर्भर बनौं ।’


हस्तकला महासंघको साधारण सभाले भोली शनिबार चैत्र ५ गते नयाँ कार्य समिति चयन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x