Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

शिवम् एयर सञ्चालनको तयारीमा

शिवम् एयर सञ्चालनको तयारीमा

काठमाडौं, ५ चैत्र । नेपाली आकाशमा परिचित व्यक्ति हुन् क्यापटेन दिनेश आचार्य । तीन दशक नेपाल तथा भारतका वायुसेवा कम्पनीका जहाज उडाएका आचार्य अब भने एयरलाइन्स व्यवसायी पनि बनेका छन् ।

क्याप्टेन आचार्य सहितको लगानीमा नयाँ एयरलाइन्स सञ्चालनमा आउने भएको छ । आफ्नो क्षमता र सीपको प्रयोग गर्न आफैंले एयरलाइन्स कम्पनी खोलेको क्याप्टेन आचार्यले बताए ।

‘मैले हवाई क्षेत्रमा ३० वर्ष काम गरें, नेपाली तथा भारतीय वायुसेवा कम्पनीहरूमा क्यापटेन भएर लामो समय काम गर्दा मलाई आफैले वायुसेवा कम्पनी खोल्न मन लाग्यो, आफ्नो सिप र क्षमताको प्रयोग गर्दै साथीको सहयोगमा नयाँ वायुसेवा कम्पनी खोल्ने तयारी थालेका हुँ,’ क्याप्टेन आचार्यले भने ।

सौर्य एयरलाइन्सबाट काम छोडेर नयाँ एयरलाइन्स कम्पनी खोल्ने तयारी गर्दा नेपालमा कोभिड देखिएपछि बाँकी कामहरू रोकिएको उनको भनाइ छ ।

क्याप्टेन आचार्य सहितको टीमले सञ्चालन गर्न लागेको कम्पनी हो शिवम् एयरलाइन्स ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शिवम् एयरलाइन्सलाई उडान अनुमति दिएको छ । लामो समयको तयारी पश्चात उक्त कम्पनीलाई मन्त्रालयले अनुमति दिएको हो ।

मन्त्रालयबाट अनुमति पाएको सो एयरलाइन्स कम्पनीले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट एनओसी पाउन बाँकी छ । प्राधिकरणबाट उडानका लागि पाँच चरणको प्रक्रिया पूरा भएसँगै एक वर्षभित्रै सेवा सुरु गर्ने योजना कम्पनी रहेको छ ।

शिवम् एयरलाइन्सका अध्यक्ष समेत रहेका क्यापटेन आचार्यले अमेरिकाबाट पाइलट कोर्श पूरा गरेका हुन । अमेरिकाको पठाइ सकेर सन् १९९२ देखि नेपाली आकाशमा विमान उडाएका उनले भारतको जुन एयरमा समेत लामो समयसम्म काम गरे । जुन एयर भारतको आन्तरिक वायुसेवा कम्पनी हो ।

निकोन एयरबाट हवाई उडानको सुरुवात गरेका आचार्यले आकाशमा मात्रै १७ हजार घण्टाभन्दा धेरै उडान गरिसकेका छन् । निकोन एयरलाइन्सबाट उडानको सुरुवात गरेका उनले एभरेष्ट एयर, बुद्ध, यति र सौर्य एयरलाइन्समा लामो समय क्यापटेनको रुपमा काम गरिसकेका छन् । नेपालका नाम चलेका एयरलाइन्स बाहेक उनले इन्डियाको जुन एयरमा समेत लामो समयसम्म काम गरे ।

तीन जहाजबाट दुर्गममा उडान गर्ने

प्राधिकरणबाट एनओसी पाएपछि उडान सञ्चालनको तयारी गर्ने शिवम् एयरलाइन्सले जनाएको छ । सुरुवाती चरणमा तीन वटा साना जहाजमार्फत दुर्गमका क्षेत्रमा उडान गर्ने गरी मन्त्रालयबाट अनुमति पाएको छ ।

‘मन्त्रालयबाट आधिकारिक पत्र आएको छ, नागरिक उड्डयन प्राधिकरणबाट बाँकी प्रक्रिया पूरा गरी अबको एक वर्षभित्रै सेवा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ,’ उनले भने ।

उनका अनुसार शिवम्ले पोखरालाई केन्द्र बनाएर जोमसोम, नेपालगन्जबाट हुम्लाको सिमकोट, काठमाडौंबाट जुम्ला, लुक्ला लगायतका दुर्गमका गन्तव्यमा उडान भर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी पर्यटन मन्त्रालयको कार्यविधिअनुसार १५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा आचार्यबाहेक व्यवसायी दिपक श्रेष्ठको लगानी रहेको छ ।

सुरुवाती चरणमा चुक्ता पुँजी कम राखिएपछि एनओसी पाएपछि लगानी बढ्ने जनाइएको छ । क्याप्टेन आचार्यले सौर्य एयरमा पनि लगानी गरेका थिए ।

कम्पनीले ट्विनअटर–४०० (डीएच ६४००) सिरिज र लेट फोर–टेनमध्ये कुनै एक किसिमको जहाजमार्फत सेवा सुरु गर्ने योजना बनाएको बताइएको छ ।

k/LIf0f p8fgsf] tof/Ldf uf}tda’4 ljdfg:yn l;4fy{gu/, ( ;fpg M lgdf{0ffwLg uf}tda’4 cGt/f{li6«o ljdfg:yn k/LIf0f p8fgsf] clGtd tof/Ldf . ljdfg:ynsf] k|fljlwstkm{sf] sfd ;lsPkl5 ca k/LIf0f p8fg ul/g] 5 . t:jL/ M g/]z s];L, /f;;

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x