Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हायात होटलबाट शेयरधनी बिचल्ली

हायात होटलबाट शेयरधनी बिचल्ली

काठमाडौं, ५ चैत्र । तारागाउँ रिजेन्सी होटल्स (हायात)ले शेयरधनीको हातखाली बनाउने भएको छ । जसले गर्दा शेयरधनी बिचल्ली भएका छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको हो । जसका कारण शेयरधनीमा खुसीपन हराएको हो ।

कम्पनीले चैत २७ गते २५ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तारागाउँ रिजेन्सी होटल्स, रजिष्टर्ड कार्यलय बौद्धमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा बोलाउने भएको छ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण पेश गर्ने र त्यसमा छलफल गरेर पारित गर्ने बताइएको छ ।

सभाका लागि कम्पनीले चैत १२ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x