Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बेलायतद्धारा रुसमाथि कडाई

बेलायतद्धारा रुसमाथि कडाई

काठमाडौ, ६ चैत्र । बेलायतले रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध नहटाउने भएको छ ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने बताएका हुन् ।

विदेशमन्त्री ट्रसले रूसी व्यापारी रोमन अब्रामोविच, जो एफसी चेल्सीको स्वामित्वमा रहेकाले ति व्यापारी युनाइटेड किंगडम फर्कने सम्भावना नरहेको उल्लेख गरे ।

रुसले डोनेट्स्क र लुहान्स्कका जन गणतन्त्रहरूलाई समर्थन गर्दै फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो सैन्य कारबाही शुरु गरेको थियो ।

पश्चिमी देशहरूले युक्रेनमा रुसी सैन्य कारबाहीलाई आक्रमण र मस्कोमाथि कडा प्रतिबन्ध लगाएको भन्दै कडा निन्दा गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूस र यूक्रेनबिचको युद्धले तेलको उच्चरुपमा मूल्य वृद्धि भएपछी इन्धन बजारलाई सन्तुलनमा राख्न साउदी र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नु हुने भएको छ ।
प्रधानमन्त्री जोनसनले रूस–यूक्रेन बिचको युद्धका कारण अस्तब्यस्त बनेको इन्धन बजारलाई सन्तुलनमा ल्याई रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्नका लागी साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफलगर्नका लागी भ्रमण तय भएको उनको कार्यालयलले जनाएको छ ।

यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी पुगेका छन् ।

सन् २०१८ मा साउदी पत्रकार जमाल खासोगीको हत्या भएदेखि रियाद भ्रमण गर्ने जोन्सन पहिलो नेता हुन् ।

साउदी अरेबियाले कच्चा तेलको भुक्तानी चिनको मुद्धा युआनमा लिनेबारे बेइजिङसँग छलफल भइरहेको जनाएको छ ।

बिज्ञहरुले साउदी अरेबियाले कच्चा तेलको भुक्तानी चिनको मुद्धा युआनमा गरे त्यसले विश्व पेट्रोलियम बजारमा अमेरिकी डलरको प्रभुत्व घटाउने प्रतिक्रिया दिएका छन्  । साउदी अरेयिबा एसियामा विश्वको ठूलो कच्चा तेल निर्यातगर्ने राष्ट्र हो ।

पछिल्लो समयमा साउदीहरु यमनको गृहयुद्धमा गरिएको आक्रमणमा अमेरिकाले समर्थन नगरेकोमा अमेरिकाप्रति त्यती सकारात्मक नभएको र बाइडेन प्रशासनले इरानसँग पुनः आणविक कार्यक्रमबारे सम्झौताको तयारी गरेपछि उनीहरु त्यसको बिकल्प खोजीरहेको बताएका छन् ।
चीनले साउदीबाट निर्यात हुने कुल कच्चा तेलको २५ प्रतिशतभन्दा बढी खरिद गर्ने गरेको छ  ।

यदि युआनमा मूल्य तोकियो भने चिनियाँ मुद्राको अवस्थालाई उक्त बिक्रीले झनै प्रवर्द्धन गर्ने बिज्ञहरुले आकंल्न गरेका छन् । विश्वमा कुलमध्ये ८० प्रतिशत कच्चा तेलको बिक्री अमेरिकी डलरमा हुने गरेको छ । साउदी अरेबियाले सन् १९७४ देखि डलरमा कच्चा तेल बिक्री गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x