Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआरएनएबाट ठूलो अपेक्षा भएको अर्थमन्त्री शर्माको भनाई

एनआरएनएबाट ठूलो अपेक्षा भएको अर्थमन्त्री शर्माको भनाई

काठमाडौं, ८ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीतिमा आएको विकृति (गैर आवासिय नेपाली संघ) एनआरएनएमा देखिएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । नेपालले गैर आवासिय नेपालीहरुबाट ठूलो अपेक्षा गरेको जानकारी दिदै एनआरएनहरु सबै एक हुनुपर्नेमा जोड दिए ।

यसैबीच अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले ठूलो भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको सिप र पुँजी नेपाल भित्र्याउन उनले आग्रह गरे ।

गैर आवासीय नेपालीहरुले नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै उनले सबैलाई खाता खोल्न आग्रह समेत गरे ।

यद्यपी एनआरएनमा सहमतिपछि पनि कार्यान्वयन भएको छैन । विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।

गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । आचार्य घलेसँगै समानान्तर गतिविधिमा सक्रिय रहेकामा अन्ततः सहमतिको बिन्दुमा आएका हुन् ।

सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ भने त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आचार्यको सहभागिता रहेको थियो । उनले एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।

आचार्य समेतको संलग्नतामा समानान्तर विश्व सम्मेलन भनिएकामा सहमतिपछि आचार्यलगायतको ठूलो समूह घलेको भेलामा अनुपस्थित भए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x