Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बैंक अफ काठमाण्डूको हेल्पलाईन सेवा

बैंक अफ काठमाण्डूको हेल्पलाईन सेवा


काठमाडौं, ८ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ ।


बैंकले ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको बताइएको छ । बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्ने बैंकले बताएको छ ।


बैंकको मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड र एटिएम सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ्ग कारोबार तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x