Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

तरलता सङ्कटले पनि रोकेन घरजग्गा कारोबारलाई !

तरलता सङ्कटले पनि रोकेन घरजग्गा कारोबारलाई !

काठमाडौं, ९ चैत । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने त्यसको प्रभाव नपरेको देखिन्छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन् ।

संशोधनतर्फ कूल चार हजार ५३९, हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको तथ्यांक छ ।

फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ । गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए । यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए । संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x