Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

वल्र्डलिङ्कले काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट गर्दै

वल्र्डलिङ्कले काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट  गर्दै


काठमाडौं, ९ चैत । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वल्र्डलिङ्क कार्निभल २।०’ आयोजना गर्ने भएको हो ।

हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ ।

नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वल्र्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ । त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम राखिएको बताइएको छ ।


चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वल्र्डलिङ्क कार्निभल फेस्ट २।०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको उपस्थिति रहने बताइएको छ ।


यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन। कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x