Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

मापदण्ड मिचेर जग्गा कित्ताकाट कारोबार रोकीने

मापदण्ड मिचेर जग्गा कित्ताकाट कारोबार रोकीने

काठमाडौं, ११ चैत्र । सरकारले २ सयभन्दा बढी जग्गा प्लटिङलाई रोक्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनुमति नलिइकन तयार भएका २ सयभन्दा बढी जग्गा प्लटलाई तत्काल रोक्ने प्रक्रिया अगाडि बढाएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका अनाधिकृत जग्गा प्लटको कारोबारमा रोक लगाउनेगरी तीनवटै जिल्ला कार्यलयले सूचना निकालेको प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले जानकारी दिए ।

‘फुकुवा गर्नका लागि अब घरजग्गा व्यवसायीले प्लटिङ गरेको जग्गामा ५ प्रतिशत खुला क्षेत्र र २० फिट बाटो कायम गरेर नयाँ संरचना तयार पारेपछि मात्रै कारोबार फुकुवा हुनेछ’ ढकालले भने ।

प्राधिकरणले तोकेको मापदण्ड लागु नगरेसम्म उक्त जग्गाहरूमा कारोबार रोक्का जारी रहनेसमेत प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले नाफा छिटो कमाउनका लागि मापदण्ड मिचेर धेरै प्लट खाडा गरिएको पाइएपछि प्राधिकरण आक्रामक रुपमा प्रस्तुत भएको हो ।

घरजग्गा व्यवसायीहरूले नाफा मात्रै हेरेर काम गर्दा समस्या आएकोले नयाँ नक्सांकन नगरेसम्म कारोबार फुकुवा नहुने समेत ढकालले उल्लेख गरे ।

जग्गामा लगानी गरेर मेहनतको कमाइ लगाउने सोचिरहँदा विचार गर्नुपर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x