नेप्से ४१.४३ अंकले ओरालो लाग्यो
काठमाडौं, १३ चैत । यस साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ अंकमा पुगेको छ ।
बुधबार २३२ कम्पनीको ८९ लाख २३ हजार रुपैयाँको शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक ९.५५ अंकले घटेर ४७९.३९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.९५ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये १२ समुहका कम्पनीको कारोबार घटेको छ भने यस दिन र्निजीवन बीमा कम्पनीको १३३.३५ अंकले बढेर १२४२१.९१ अंकमा पुगेको हो । अन्य सबै समूहहरुको भने घटेको छ । यस्तै सबै भन्दा धेरै अंकले उत्पादनमूलक समूहको १४६.७९ अंकले घटेर ५९८८.४८ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले सार्वजनीक गरेको विवरणमा छ ।