Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

काठमाडौँ, १३ चैत्र । गत शुक्रबारदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता भएका छन् । उनी आज दिउँसो स्वदेश फिर्ता भएका हुन् ।

विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका थिए । तीन दिने भ्रमणमा आएका वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

शनिबार दुई देशबीच नौ बुँदे सम्झौतासमेत भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x